• २०८१ बैशाख १७ सोमबार

मेसी बने लिग कपको उत्कृष्ट खेलाडी

kharibot

काठमाडौँ । लियोनेल मेसी अमेरिकाको एमएलएस लिग कपको उत्कृष्ट खेलाडी बनेका छन् ।

आइतबार सम्पन्न फाइनल खेलमा इन्टर मियामीलाई उपाधि दिलाउने क्रममा मेसीले लिग कपका कुल ७ खेलमा १० गोल गर्दै प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका हुन् । उनी लिगका सर्बाधिक गोलकर्ता समेत हुन् ।

मेसीले लिग कपको पहिलो खेलमा एक गोल गरेका थिए भने दोस्रो, तेस्रो र चौथो खेलमा २-२ गोल गरेका थिए । त्यसपछि क्वाटरफाइनल, सेमिफाइनल र फाइनलमा मेसीले एक एक गोल गरेका थिए । साथै मेसीले लिग कपमा एक गोल असिस्ट समेत गरेका थिए । उनले लिग कपका सबै खेलमा गोल गरेका थिए । 

लियोनेल मेसीले इन्टर मियामीमा पहिलो उपाधि जित्ने क्रममा क्लबले पनि आफ्नो इतिहासमा पहिलो उपाधि जितेको छ ।

साथै मेसीको क्यारियरमा यो क्लब र उनको देश अर्जेन्टिनाको गरि कुल ४४औं उपाधि हो ।
       

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै