• २०८१ बैशाख १७ सोमबार

म्यानचेस्टर युनाइटेडलाई हराउदै न्यूक्यासल लिग कपको क्वाटरफाइनलमा

kharibot

काठमाडौं । म्यानचेस्टर युनाइटेड लिग कपबाट बाहिरिएको छ । गएराती सम्पन्न राउण्ड १६ को खेलमा न्यूक्यासल युनाइटेडसँग ३-० गोल अन्तरले पराजित भएसँगै म्यानचेस्टर युनाइटेड यस बर्षको लिग कपबाट बाहिरिएको हो ।

न्यूक्यासलको जितमा मिगुएल अल्मिरोन, लेविस हाली र जोए विलकले एक एक गोल गरेका थिए ।

यो जितपछि न्यूक्यासल युनाइटेड लिग कपको क्वाटरफाइनलमा पुगेको छ ।

अब क्वाटरफाइनलमा न्यूक्यासलले चेल्सीको सामना गर्ने छ । चेल्सीले राउण्ड १६ मा ब्ल्याकबर्नलाई २-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै