• २०८१ बैशाख १५ शनिबार

राष्ट्रिय सभा बैठक : मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अगाडि बढाउन माग

kharibot

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा मेलम्ची खानेपानी आयोजना सम्बन्धि चासो देखाउदै बाँकी काम अगाडि बढाउन माग गरेका छन्। 

नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले राष्ट्रिय शिक्षा आयोगले आफ्नो प्रारम्भिक प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमक्ष बुझाएको भन्नेबारेमा शिक्षामन्त्रीले सदनलाई जानकारी गराउन माग गर्दै प्रतिवेदनको मस्यौदा सांसदको पिजनहोलमा कहिले राख्ने ? भन्ने प्रश्न गरेका थिए । 

उहाँले संविधानमा सार्वजनिक, निजी, सहकारीकामार्फत शिक्षा विकास गर्ने भनिएको छ तर सरकारले यो कुरालाई बिर्र्सिएको बताए । 

सांसद वृषेशचन्द्र लालले विगतमा तराई–मधेश घटनाका बारेमा छानबिन गर्न गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गराउन माग गरे।  सांसद दीलकुमारी रावलले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार इटलियन कम्पनी सिएमसीले एकतर्फीरुपमा किन आफ्नो ठेक्का प्रक्रिया रद्द गरी आयोजनाको काम ठप्प ग¥यो ? यसका बारेमा खानेपानी मन्त्रीले सदनमा जानकारी गराउन माग गरीन् । 

सांसद बद्रीप्रसाद पाण्डेले हालै दाङ, नुवाकोटमा भएका सडक दुर्घटना, कालिकोटका आगलागीका घटनामा परी अकालमा मृत्यु भएका परिवारजनलाई उचित राहत प्रदान गर्न र घाइतेको शीध्र उपचारको व्यवस्था मिलाउन माग गर्दै बूढीगण्डकी स्वदेशी कम्पनीले बनाउने प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरे । 

उनले वैदेशिक रोजगारीका लागि मलेशिया जाने प्रक्रिया खोल्न र मेलम्ची खानेपानी आयोजनाका बाँकी काम सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद जीवन बुढाले कालिकोटको न्यौपाने बस्तीमा हालै आगलागी हुँदा त्यहाँका १७९ घरमध्ये ८७ घर जलेर नष्ट भएको, १३ जना घाइते भएको, रु तीन करोड छ लाख बराबरको क्षति भएकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै आगलागी भएको गाउँको पुनःनिर्माण प्रक्रिया अगाडि बढाउन सङ्घीय सरकारले प्राथमिकता दिन माग गरे । उनले भने, “कणाली प्रदेशका अधिकांश घरका छाना खरले छाएका छन्, आगलागीको उच्च जोखिम हुन्छ । यसैले कर्णालीलाई खरको छानामुक्त बनाउन ध्यान जाओस् ।” 

सांसद रामनारायण बिडारीले पुनःनिर्माण प्राधिकरणको समयावधि पुनःनिर्माणका लागि दुई वर्षमात्र भएको सन्दर्भमा हालसम्म प्राधिकरणले के काम गरयो ? यसका बारेमा सदनलाई जानकारी दिन माग गर्दै राष्ट्रिय गौरवको आयोजना काठमाडौँ बारा जोड्ने द्रुतमार्गअन्तर्गतको खोकना क्षेत्रका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । 

सांसद कोमल ओलीले पूर्व–पश्चिमअन्तर्गतको राष्ट्रिय गौरवको आयोजना हुलाकी सडक आयोजनाको काम छिटो अगाडि बढाउन माग गरीन । सांसद रामपृत पासवानले दलित जनजाति सूचीमा सूचीकृत गर्दा ध्यान दिन आग्रह गरीन । 

राष्ट्रियसभा नियमावली २०७५ संशोधन गर्न मस्यौदा समिति गठन 

राष्ट्रियसभाको बैठकले आफ्नो नियमावली २०७५ संशोधन गर्न मस्यौदा समिति गठन गरेको छ । 

सो समितिमा जीतेन्द्रनारायण देव, जीवन बुढा, दीलकुमारी रावल(पार्वती), पर्शुराम मेघी गुरुङ, प्रमीला कुमारी, रामनारायण विडारी, विद्यादेवी राना, वृषेशचन्द्र लाल, शेरबहादुर कुँवर रहेका छन् । 

आजको बैठकमा सांसद दीनानाथ शर्माले समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई सांसद रामचन्द्र राई र अनिता देवकोटाले समर्थन जनाउनुभएको थियो । बैठकले ‘राहदानी विधेयक २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गर्यो । 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बैठकसमक्ष सो प्रस्ताव प्रस्तुत गरेका थिए । राष्ट्रियसभाको अर्काे बैठक पुस २० गते शुक्रबार दिनको १ बजे बस्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै