• २०८१ बैशाख १५ शनिबार

एन्फाद्वारा नेपाल सुपर लिग फुटबल प्रतियोगिताको घोषणा

kharibot

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रदेश स्तरीय नेपाल सुपर लिग फुटबल प्रतियोगिताको घोषणा गरेको छ । सात प्रदेशबीच हुने सो प्रतियोगिता २०७६ बाट सुरु हुने एन्फाले जनाएको छ ।

सात प्रदेशलाई प्रतिनिधित्व गर्ने सात टिममा निजि क्षेत्रका कर्पोरेट हाउसहरुको प्रत्यक्ष संलग्नता हुने भएको छ । एन्फाले दिएको जानकारी अनुसार ए डिभिजन लिग खेल्ने १४ टिम बाट १४० जना खेलाडी छनौट गरी प्रदेश स्तरीय टिमको निर्माण गरिने भएको छ । यसका लागि एन्फाले सहयोग गर्ने छ ।

सात टिमलाई सिंगल राउण्ड रोबिन लिगका आधारमा पायक पर्ने भौतिक पूर्वाधार भएको प्रदेशमा प्रतियोगिता संचालन हुने छ । प्रतियोगितामा २१ समुह चरणका खेलहरु र ४ प्ले अफका खेल गरी कुल २५ खेल हुने छन् ।

प्रतियोगिताको सम्पूर्ण प्राविधिक पक्ष एन्फाले हेर्ने छ भने टिम व्यवस्थापन र टिमको नाम लगायतको व्यवस्थापन भने नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले गर्ने भएको छ । यस प्रतियोगितामा विदेशी खेलाडीहरुलाई पनि सहभागिता गराउने गरी नियमावली र अन्य तयारी गरिने एन्फाले जानकारी गराएको छ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै