• २०८१ बैशाख २१ शुक्रबार

प्रधानन्यायाधीश चोलेन्द्रको घोषणा - ‘बरिष्ठ न्यायाधीश जोशीलाई पेशी तोकिदैन’

kharibot

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बरिष्ठ न्यायाधीश दिपकराज जोशीलाई कुनै पनि हालतमा इजलास नतोक्ने भएका छन् । राष्ट्रपति विद्या देवी भण्डारीबाट शपथ लिएपछि सर्वोच्च पुगेर पदभार ग्रहण गरेलगत्तै उनले बरिष्ठ न्यायाधीश जोशीलाई पेशी नतोक्ने बताएका हुन् ।

प्रधानन्यायधीशले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर निर्णय लिएको बताए । उनले अब उहाँले अदालतलाई बन्धक बनाउनु हुँदैन, निकास दिनुपर्छ भन्दै भविष्यमा पनि पेशी तोकिने स्पष्ट पारे ।

प्रधानन्यायाधीश राणाले न्यायाधीश जोशीतर्फ संकेत गर्दै उनलाई इजलास नतोक्नु भनेको संसदको सम्मान गर्नु रहेको प्रष्ट पारे । उनले अदालत र न्यायाधीश संवेदनशील विषय भएकोले यो संस्थाको बारेमा लेख्दा पत्रकारहरुलाई संवेदनशील हुन समेत आग्रह गरे ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै