• २०८१ बैशाख २६ बुधबार

अस्ट्रेलियाविरुद्धको टेस्ट सिरिजमा पुजाराको तेस्रो शतक 

kharibot

काठमाडौं । अस्ट्रेलिया र भारतबिच जारी चौथो टेस्टमा भारतीय ब्याट्सम्यान चैतेश्वोर पुजाराले शतक प्रहार गरेका छन् । टेस्टको पहिलो दिन पुजारा अहिले १०७ रन बनाएर खेलिरहेका छन् ।

सिरीजको चौथो तथा अन्तिम टेस्टमा टस जितेर पहिला ब्याटिंग गरेको भारतले उत्कृष्ट सुरुवात गर्दै ४ विकेट गुमाएर २५० रन बनाउदै खेलिरहेको छ । यसैक्रममा पुजाराले आफ्नो शतक पुरा गरेका हुन् । पुजाराको यस सिरिजमा यो तेस्रो शतक हो । यसअघि उनले पहिलो टेस्टको पहिलो पारीमा १२४ र तेस्रो टेस्टको पहिलो पारीमा १०६ रनको पारी खेलेका थिए ।

पुजाराले यस सिरिजमा तीन शतक सहित अहिलेसम्म ४३५ रन बनाउदै सिरिजमा धेरै रन बनाउने खेलाडी बनेका छन् ।

४ खेलको सिरिजमा भारत २-१ ले अगाडी रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै