• २०८१ बैशाख १७ सोमबार

संवैधानिक इजलास पुनर्गठन 

kharibot

काठमाडौं । सर्वोच्च अदालतको न्याय परिषद् बैठकले संवैधानिक इजलासमा रहेका न्यायाधीशहरुको फेरबदल गरेको छ । बिहीबार परिषद् अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा बसेको बैठकले संवैधानिक इजलासको पुनर्गठन गर्ने निर्णय गरेको हो । 

जसअनुसार सर्वोच्चका न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीलाई संवैधानिक इजलासमा पठाउन प्रधानन्यायाधीशसमक्ष सिफारिस गरिएको छ । 

त्यस्तै बैठकले मेलमिलाप परिषद्को अध्यक्षमा सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई तोक्न सिफारिस गरेको छ भने उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीश हरिकुमार पोखरेललाई उच्च अदालत जनकपुरमा सरुवा गर्न भनेको छ ।

त्यसैगरी उच्च अदालतको रिक्त मुख्य न्यायाधीश पदमा उच्च अदालतका न्यायाधीशमध्येबाट उच्च अदालत पाटन, हेटौंडा इजलासका न्यायाधीश सुष्मालता माथेमालाई नियुक्त गरी उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीश पदमा पदस्थापन गर्न समेत सिफारिस गर्ने निर्णय गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै