• २०८१ बैशाख १७ सोमबार

पत्नीसहित किम रेल चढेर चीन पुगे 

kharibot

बेजिङ । उत्तर कोरीयाली नेता किम जोङ उन चीन पुगेका छन् । राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा किम आफ्नी श्रीमतीसहति चीन पुगेको मिडियामा सार्वजनिक भएको छ ।

श्रीमती रि सोल जुसहित चीन पुगेका नेता किम बिहिबारसम्म चीनमा रहने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेता किमबीच दोस्रो शिखर सम्मेलनका लागि छलफल भइरहेको खबर सार्वजनिक भइरहेका बेला नेता किम चीन पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेता किम र राष्ट्रपति ट्रम्पबिच गएको जुन महिनामा सिंगापुरमा शिखर सम्मेलन भएको थियो । 

एक वर्षभन्दा कम समयमा किमको यो चौथो चीन भ्रमण हो । किम रेलमा चढेर चीन गएको अनुमान गरिएका रिपोर्ट सोमबार सार्वजनिक भएका थिए ।

अमेरिकाले उत्तर कोरियामाथि लगाएको प्रतिबन्ध हटाउन पहल गरिरहेका किमले प्रतिबन्ध नहटाए आफ्ना न्युक्लियर परिक्षण सुरु गर्ने चेतावनी समेत दिदै आएका छन् । चीन उत्तर कोरियाको व्यापार र अनुदानको मुख्य साझेदार मानिन्छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै