• २०८१ बैशाख २६ बुधबार

दुई दसमलव २९ अंकले बढ्दा ३४ करोडको कारोवार 

kharibot

काठमाडौं । लगातार घटेको नेप्सेमा साताको चौंथो कारोवार दिन आज बुधबार करेक्सन देखिएको छ । आज नेप्से दुई दसमलव २९ अंकले बढेर ११ सय ७९ दसमलव ३६ बिन्दुमा चढ्दा सेन्सिटिभ शुन्य दसमलव ४२ अंकले बढेर दुई सय ५० दसमलव २६ बिन्दुमा चढेको छ । 

एक सय ६६ कम्पनीहरुको तीन हजार दुई सय पाँच वटा कारोवारमा १५ लाख १३ हजार नौ सय १२ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३४ करोड ७८ लाख ७९ हजार चार सय ६९ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १० वटा समुहको कारोवार हुदा फाईनान्स र अन्य समुहले गुमाएकाछन भने बाँकी रहेका आठ वटा समुहले कमाएकाछन । कमाउने मध्ये बाँणिज्य बैक समुहको सुचक दुई दसमलव ४३ अंकले बढेर एक हजार १५ दसमलव ५९ बिन्दुमा चढेको छ भने बिकास बैक समुहको सुचक आठ दसमलव ३२ अंकले बढेर १४ सय ५८ दसमलव १५ बिन्दुमा चढेको छ । निर्जिवन बीमा, जीवन बीमा, होटल, जलबिद्युत, उत्पादनमुलुक र लघुबित्त समुहको सुचक पनि आज सुधार आएको छ । 

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको हिमालयन पावर पार्टनरको प्रतिकित्ता सेयर मुल्य चार रुपैयाँ ९५ पैसाले बढेर एक सय ९१ रुपैयामा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको हाथ्वे फाईनान्सको प्रतिकित्ता सेयर मुल्य तीन  रुपैयाँ दुई पैसाले घटेर एक सय २१ रुपैयाँमा कारोवार भएको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको छिमेक लघुबित्त बित्तीय संस्थाको भने प्रतिकित्ता एक सय १० रुपैयाँ अन्तिम मुल्यमा  पाँच करोड ८६ लाख तीन हजार सात सय ८१ रुपैयाँको सेयर कारोवार भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै