Skip This

राष्ट्रपतिबाट राष्ट्रनिर्माताप्रति श्रद्धाञ्जलि व्यक्त

खरीबोट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छन् । 

राष्ट्रपति भण्डारीले २९७औँ पृथ्वी जयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आज आयोजित समारोहमा सरिक भई उनको शालिकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उनको योगदानको स्मरण गरेकी छन् । 

सो अवसरमा नेपाली सेनाको बैण्डसहितको टुकडीले सम्मान अर्पण गरेको थियो । विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए । 

तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको इतिहासविद् बताउँछन् । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले पनि उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरे । श्रद्धाञ्जलि व्यक्त गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीलगायत विभिन्न राजनीतिक दलका नेता, साहित्यकार, कलाकार एवं समाजका विभिन्न क्षेत्रका महानुभाव सिंहदरबारको पश्चिम मूलद्वार अगाडि पुगेका थिए । 

यसअघि ठकुरी सेवा समाज, गे्रेटर नेपाल, गुन्यूचोलो राष्ट्रिय सचेतना अभियान नेपाललगायतका सङ्घसंस्थाको बाजागाजासहितको र्यालीले पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेको थियो । र्यालीमा सहभागीले राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ तथा पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा घोषणा होस् भन्ने प्लेकार्ड बोकेका थिए ।
 

सम्बन्धित समाचार

नेपालगञ्जमा पृथ्वी जयन्तीको बिदाप्रति नेकपाको विरोध, १० वडामा काम सुचारु 

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले दिएको शुक्रबार पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा सबै वडामा लागु भएको छैन ।  बिदा दिने निर्णयको विरोध गर्दै नेकपा विजयी भएका वडा कार्यालयमा नियमित कामकाज भइरहेको

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको र्याली !

२९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुक्रबार प्रज्ञा भवनबाट शुरु भएको र्याली सिंहदरबारको पश्चिम गेट अगाडि रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकतर्फ बढ्दै । तस्बिर : प्रदीपराज वन्त, रासस

एकीकरणको मुहानमा पृथ्वीनारायणको खोजी र सम्झना

विदुर  । नुवाकोट, दुप्चेश्वर गाउँपालिका–७ शिखरबेंसीका शिवप्रसाद आचार्यको द्वन्द्वका समयमा देवीघाटमा रहेको पृथ्वीनारायण शाहजस्ता राष्ट्रनिर्माताको शालिक आफ्नैसामु ढालिँदा हृदय छियाछिया भयो । उनीजस्तै नेपाल एकीकरणको मुहान(विसं १८०१) नुवाकोटका नागरिकले आधुनिक

नेपालगन्ज उपमहानगरपालिकाले पृथ्वी जयन्तीमा दियो सार्वजनिक बिदा 

काठमाडौं । नेपालगन्ज उपमहानगरपालिकाले पृथ्वी जयन्तीको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ । उपमहानगर कार्यपालिकाको आज बसेको बैठकले शुक्रबार एक दिन पृथ्वी जयन्तीका अवसरमा उपमहानगरपालिका क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय


z