Skip This

नेपालगञ्जमा पृथ्वी जयन्तीको बिदाप्रति नेकपाको विरोध, १० वडामा काम सुचारु 

खरीबोट

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले दिएको शुक्रबार पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा सबै वडामा लागु भएको छैन ।  बिदा दिने निर्णयको विरोध गर्दै नेकपा विजयी भएका वडा कार्यालयमा नियमित कामकाज भइरहेको छ ।

नेपालगञ्जका २३ मध्ये साविक एमालेले ६ र माओवादी केन्द्रले ४ गरी हालको नेकपाले १० वटा वडा जितेको हो । पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेका नेकपाबाट निर्वाचित वडा अध्यक्षहरुले शुक्रबार नियमित कामकाज गरिरहेको पाइएको छ ।

वडा नम्बर १८ का वडा अध्यक्ष दीपक वर्माले नेकपाले जितेका सबै १० वटै वडामा शुक्रबार नियमित कामकाज भइरहेको बताएका छन् । 

सेवाग्राहीले अघिल्लो दिनझै कार्यालयमा काम लिएर आएको बताउँदै वडा नम्बर १ का वडा वडा अध्यक्ष तथा उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले स्थानीयरुपमा सार्वजनिक बिदा दिएर पृथ्वी नारायण शाहको सम्मान नहुने भन्दै पृथ्वी जयन्तीको अवसरमा औपचारिक कार्यक्रम गर्नुपर्छ भन्ने आफूहरुको मत रहेको बताएका छन् ।  
 

सम्बन्धित समाचार

नेपालगञ्जमा पृथ्वी जयन्तीको बिदाप्रति नेकपाको विरोध, १० वडामा काम सुचारु 

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले दिएको शुक्रबार पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा सबै वडामा लागु भएको छैन ।  बिदा दिने निर्णयको विरोध गर्दै नेकपा विजयी भएका वडा कार्यालयमा नियमित कामकाज भइरहेको

राष्ट्रपतिबाट राष्ट्रनिर्माताप्रति श्रद्धाञ्जलि व्यक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छन् ।  राष्ट्रपति भण्डारीले २९७औँ पृथ्वी जयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आज आयोजित समारोहमा सरिक भई उनको शालिकमा

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको र्याली !

२९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुक्रबार प्रज्ञा भवनबाट शुरु भएको र्याली सिंहदरबारको पश्चिम गेट अगाडि रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकतर्फ बढ्दै । तस्बिर : प्रदीपराज वन्त, रासस

एकीकरणको मुहानमा पृथ्वीनारायणको खोजी र सम्झना

विदुर  । नुवाकोट, दुप्चेश्वर गाउँपालिका–७ शिखरबेंसीका शिवप्रसाद आचार्यको द्वन्द्वका समयमा देवीघाटमा रहेको पृथ्वीनारायण शाहजस्ता राष्ट्रनिर्माताको शालिक आफ्नैसामु ढालिँदा हृदय छियाछिया भयो । उनीजस्तै नेपाल एकीकरणको मुहान(विसं १८०१) नुवाकोटका नागरिकले आधुनिक


z