• २०८१ बैशाख १६ आइतबार

लेभान्टेमाथि एथलेटिको विजयी 

kharibot

काठमाडौँ । स्पेनिस ला लिगामा एथलेटिको म्याड्रिडले लेभान्टेसँग संघर्षपूर्ण जित हासिल गरेको छ ।

आइतबार भएको खेलमा एथलेटिकोले १-० गोल अन्तरको जित निकाल्दै शिर्ष स्थानमा रहेको बार्सिलोनासँगको अंक दुरी २ मा झारेको छ ।

एथलेटिकोको जितमा एन्टोनी ग्रीजम्यानले खेलको ५७औ मिनेटमा खेलको एक मात्र गोल पेनाल्टीबाट गरेका थिए ।

केहि दिनअघि कोपा डेल रेमा बार्सिलोनालाई पराजित गरेको लेभान्टे एथलेटिकोसँग भने प्रतिष्पर्धात्मक खेलमा पराजित हुन् पुगेको छ ।

जितपछि एथलेटिको म्याड्रिडको १९ खेलमा ३८ अंक भएको छ भने लिगको दोस्रो स्थानमा रहेको छ । त्यस्तै एक खेल कम खेलेक बार्सिलोनाको भने १८ खेलमा ४० अंक रहेको छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै