• २०८१ बैशाख १७ सोमबार

फिल्म ‘सयकडा दश’ को रोमान्टिक गीत सार्वजनिक

kharibot

काठमाडौँ । फिल्म ‘सयकडा दश’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । युट्युवस्टार गायक स्वप्न सुमन र गायिका त्रिशला गुरुङको स्वरमा रहेको ‘पिरतीको गाउँ’ बोलको गीतमा कल्याण सिंहको संगीत छ । रवि मल्लले गीतको शब्द लेखेका छन् । 

माघ १८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मको यस गीतमा दीलिप ओखेडाको कोरियोग्राफी रहेको छ भने फिल्मका चार लिड कलाकार सोनिया राई, अमृत ढुंगाना, करुणा श्रेष्ठ र उत्सव न्यौपाने फिचर्ड छन् । 

भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभावको कथा भन्ने बताइएको यो फिल्मबाट हायकलाकार मनोज गजुरेलले काँचको पर्दामा डेब्यु गरेका छन् । रामशरण पाठक निर्देशित फिल्ममा राजाराम पौडेल, अमित पोखरेल, रवि डंगोल, रश्मी भट्टलगायतको पनि अभिनय छ । 

रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, संजीव न्यौपानेले दर्शन नेपाल क्रिएसनको ब्यानरमा फिल्म निर्माण गरेका हुन् । फिल्मका रामेश्वर कार्की छायांकार हुन् । बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको फिल्ममा रज्जु प्रधानको कथा छ । 

हास्यकलाकार राजाराम पौडेल फिल्मको कार्यकारी निर्मातामा छन् । यस फिल्मको ‘दाईलाई कुरा लाइदिनी...’ गीत अहिले चर्चामा छ । ‘प्रेमगीत २’ निर्देशकले निर्देशनको कमाण्ड सम्हालेका कारण ‘सयकडा दश’ प्रति दर्शकको अपेक्षा धेरै छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै