• २०८१ बैशाख १५ शनिबार

वोल्भरमाथि सिटीको सहज जित, जिससले गरे दुई गोल 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले वोल्भरहाम्पटनलाई पराजित गरेको छ । गएराती भएको खेलमा सिटीले वोल्भरहाम्पटनलाई ३-० गोल अन्तरले पराजित गर्दै लिगमा दोस्रो स्थानमा कायम रहेको छ ।

सिटीको जितमा ब्राजिलियन खेलाडी गार्बियल जिससले २ गोल गरेका थिए भने तेस्रो गोल वोल्भका कप्तान कोनोर काओड़ीले आत्मघाती गोल गरेका थिए ।

खेलको १९औ मिनेटमा वोल्भरका विली बोलीले रातो कार्ड पाएर मैदान छोडेपछि वोल्भर १० खेलाडीमा सिमित भएको थियो । 

गत साता मात्र दुई कप खेलमा ५ गोल गरेका जिससले सिटीको घरेलु मैदानमा पछिल्ला ८ खेलमा कुल १२ गोल गरेका छन् ।

साथै यस खेलमा २६७औ प्रिमियर लिग खेल खेल्दै डेभिड सिल्भा सिटीका लागि अहिलेसम्म कै धेरै प्रिमियर लिग खेल खेल्ने खेलाडी बनेका छन् । यो रेकर्ड यसअघि गोलकिपर जो हार्टको नाममा रहेको थियो ।

जितपछि सिटीको २२ खेलमा ५३ अंक भएको छ भने शिर्ष स्थानमा रहेको लिभरपुल भन्दा ४ अंकले पछाडी रहेको छ ।

 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै