विराट कोहलीले एकदिवसीय क्रिकेटमा बनाए ३९औ शतक

खरीबोट

काठमाडौँ । भारतीय क्रिकेट कप्तान विराट कोहलीले एकदिवसीय क्रिकेटमा ३९औ शतक प्रहार गरेका छन् । 

अस्ट्रेलियाविरुद्ध भैरहेको दोस्रो एकदिवसीय खेलमा विराटले एकदिवसीय खेलको आफ्नो ३९औ शतक पुरा गरेका हुन् । कोहलीले १०८ बल खेल्दै आफ्नो शतक पुरा गरेका हुन् । कोहलीको शतक पुरा गर्ने क्रममा ५ चौका र २ छक्का हानेका थिए ।

विश्व क्रिकेटका महान ब्याट्सम्यान सचिन तेन्दुलकरको एक दिवसीय क्रिकेटमा बनाएको रेकर्ड ४९ शतकको एक कदम नजिक पुगेका छन् । ३०  बर्षिय कोहलीले टेस्ट क्रिकेटमा २५ शतक प्रहार गरिसकेका छन् । यो शतकसँगै कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा ६४ शतक हानेका छन् ।

विराट अहिलेसम्म २१८ एकदिवसीय खेल खेल्दै १०३३५ रन बनाएका छन् । जसमा ३९ शतक ४८ अर्धशतक बनाएका छन् । 

विराटले अहिलेसम्म यो टेस्टसहित ७७ टेस्ट क्रिकेटमा २५ शतक र २० अर्धशतक सहित ६ हजार ६ सय १३ रन बनाएका छन् । 
 

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय क्रिकेटमा विराट कोहलीको २० हजार रन पुरा

काठमाडौँ । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा २० हजार रन पुरा गरेका छन् । कोहलीले सबै भन्दा कम खेल खेलेर अन्तर्राष्ट्रिय क्रिकेटमा २० हजार रन बनाउने पहिलो खेलाडी

विराट कोहलीलाई आइसीसीको जरिवाना

काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई आइसीसीले जरिवाना गरेको छ । गएराती सम्पन्न अफगानिस्तानविरुद्धको खेलमा कोहलीले एम्पायरसँग नराम्रो व्यवहार गरेको भन्दै खेल फिसको २५ प्रतिशत जरिवाना गरेको छ । खेलका

विराट कोहलीको आइपिएलमा पाँचौ शतक, कोलकोतालाई २१४ रनको लक्ष्य 

काठमाडौँ । आइपिएल अन्तर्गत रोयल च्यालेंजर्स बैंगलोरले कोलकोता नाइटराइडर्सलाई २१४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाउदै २१३ रन बनाएको हो । बैंगलोरका

आइपिएलमा धोनीपछि विराट कोहलीलाई पनि कारवाही ! 

काठमाडौं । जारी आइपिएलमा खेलको नियम पुरा पालना नभएकोमा कारवाहीको सामना गर्ने पछिल्लो कप्तान रोयल च्यालेन्जर्सका कप्तान विराट कोहली रहेका छन् । शनिबार सम्पन्न खेलमा किंग इलेभेन पंजावविरुद्धको खेलमा स्लो ओभर


z