• २०८१ बैशाख १४ शुक्रबार

विराट कोहलीले एकदिवसीय क्रिकेटमा बनाए ३९औ शतक

kharibot

काठमाडौँ । भारतीय क्रिकेट कप्तान विराट कोहलीले एकदिवसीय क्रिकेटमा ३९औ शतक प्रहार गरेका छन् । 

अस्ट्रेलियाविरुद्ध भैरहेको दोस्रो एकदिवसीय खेलमा विराटले एकदिवसीय खेलको आफ्नो ३९औ शतक पुरा गरेका हुन् । कोहलीले १०८ बल खेल्दै आफ्नो शतक पुरा गरेका हुन् । कोहलीको शतक पुरा गर्ने क्रममा ५ चौका र २ छक्का हानेका थिए ।

विश्व क्रिकेटका महान ब्याट्सम्यान सचिन तेन्दुलकरको एक दिवसीय क्रिकेटमा बनाएको रेकर्ड ४९ शतकको एक कदम नजिक पुगेका छन् । ३०  बर्षिय कोहलीले टेस्ट क्रिकेटमा २५ शतक प्रहार गरिसकेका छन् । यो शतकसँगै कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा ६४ शतक हानेका छन् ।

विराट अहिलेसम्म २१८ एकदिवसीय खेल खेल्दै १०३३५ रन बनाएका छन् । जसमा ३९ शतक ४८ अर्धशतक बनाएका छन् । 

विराटले अहिलेसम्म यो टेस्टसहित ७७ टेस्ट क्रिकेटमा २५ शतक र २० अर्धशतक सहित ६ हजार ६ सय १३ रन बनाएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै