• २०८१ बैशाख १७ सोमबार

आईफोन ११ को चर्चा सुरु

kharibot

काठमाडौं । चर्चित स्मार्टफोन निर्माता कम्पनी एप्पलले अब ल्याउने उच्च प्रविधियुक्त स्मार्टफोनबारे चर्चा सुरु भएको छ । कतिपय अन्तर्राष्ट्रिय अनलाइन मिडिया आउटलेटहरुले यसबारे खुलासा भएको भन्दै अड्कलबाजीयु्क्त समाचारहरु प्रकाशन तथा प्रसारण सुरु गरिसकेका छन् । 

बेलायती अनलाइन द सनका अनुसार आईफोन ११ ले सार्वजनिक हुने समय पर्खिरहेको भन्दै समाचारमा उल्लेख गरेको छ । २०१९ को अन्त्यतिर नै आईफोन ११ लन्च हुन सक्ने समाचारहरु सार्वजनिक भएका हुन् ।

यद्यपि आउनेवाला एप्पल उत्पादनको नाम भने आईफोन ११, आईफोन एक्सएस कि आईफोन एक्सआर रहनेछ भन्ने अनुमानमै रहेको बताइएको छ । आईफोन एक्स अर्थात् आईफोन १० आइसकेकाले पनि आईफोन ११ नै यसको नाम हुने बताइएको छ । 

एप्पलले आफ्ना बहुप्रतीक्षित उत्पादनको सार्वजनिकीकरण प्रायशः सेप्टेम्बर महिनामा गर्दै आएको छ । त्यसको सुरुतिरै मंगल या बुधबार पारेर गर्ने गरेको छ । त्यसकारण यही समयमा आईफोन ११ आउनसक्नेछ भने सेप्टेम्बर १३ शुक्रबारदेखि नै यसको अग्रिम माग (प्रि अर्डर) गर्न सकिनेछ । 

त्यस्तै गुणस्तर र प्रविधिको हिसाबले यस फोनमा ए१३ चिपसेट हुनसक्नेछ भने ट्रिप्पल रियर क्यामेरा उच्चस्तरीय अप्टिकल लेन्सयुक्त हुनेछ । फोनमा अनुहार चिन्ने प्रविधि यसमा हुनसक्नेछ । 

समाचारहरुमा एप्पलले यस वर्ष कम्तीमा पनि २ वटा आईफोन सार्वजनिक गर्न सक्नेछ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै