• २०८१ बैशाख १७ सोमबार

सिमरा गोल्डकपको तयारी पुरा, भोलीदेखि खेल हुँदै

kharibot

बारा । सिमरा गोल्डकपको दशौं संस्करण माघ ३ अर्थात् भोली देखी सुरु हुँने भएको छ । आयोजक नव जागृति युवा क्लबले बाराको सिमरा स्थित रंङ्गशालामा बुधबार पत्रकार सम्मलेनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो । 

माघ ३ देखी १२ गते सम्म चल्ने सो प्रतियोगितामा ए डिभिजनका पाँच र मोफसलका पाँच गरि १० टिमको सहभागिता रहँने आयोजकले जनाएको छ । 

पत्रकार सम्मेलनमा आयोजक क्लबले सार्वजनिक गरेको सम्भावित टिमहरुमा ए डिभिजनका त्रिभुवन आर्मी क्लब काठमाण्डौं, सिएमजी संकटा काठमाण्डौं, नेपाल एपिएफ काठमाण्डौं, सरस्वती युथ क्लव काठमाडौँ, हिमालयन शेर्पा काठमाण्डौं , रुस्लान थ्रीस्टार क्लव ललितपुर सहिँत नेपाल पुलिस क्लव काठमाण्डौं रहने छन् , भने मोफसलबाट बिज्ञान मेमोरियल फाउण्डेसन बिरगंज , मकवानपुर ११ हेटौंडा र आयोजक नव जागृति युवा क्लब रहेका छन् । 

रुस्लान भोड्काको मुख्य प्रायोजनमा सञ्चालन हुँने सिमरा गोल्डकपको लागत ७६ लाख अनुमान गरिएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई गत वर्ष झैं सुजुकी मोटरसाईकल प्रदान गरिने क्लबका सचिव शम्भुसिंह ठकुरीले बताए । 

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्स्, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोल कर्ता र प्रशिक्षक लगायतका अन्य बिधामा जनही २० हजार प्राप्त गर्ने भएका छन् । 
खेलको म्यान अफ दि म्याचलाई आयोजकले यस वर्ष १० हजार नगद सहिँत ट्रफि दिने भएको छ । 

क्लबका अध्यक्ष कासिम मियाँले पुरस्कार राशी बृद्धि गरी उत्कृष्ट खेलाडीलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार उलपब्ध गराउँने उद्देश्य रहेको बताए । सिमरा रँगशालामा आयोजना हँुने खेलमा यस पटक सात हजार दर्शकले प्याराफिटमा बसेर खेल हेर्ने व्यवस्था मिलाईएको आयोजकका सचिव शम्भुसिंह ठकुरीले बताए । 

विहिवार देखी सुरु हुँने खेलको औपचारिक उद्घाटन कार्यक्रमलाई संघिय युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माले सम्बोधन गर्ने भएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै