• २०८१ बैशाख १४ शुक्रबार

आज हुने रंगपुर राइडर्सविरुद्ध सन्दीप टिममा फर्किए 

kharibot

काठमाडौँ । बंगलादेश प्रिमियर लिग (बिपिएल) अन्तर्गत सिलहेट सिक्सर्सको पाँचौ खेलमा रंगपुर राइडर्सविरुद्ध सन्दीप लामिछाने खेल्ने भएका छन् । अहिले केहीबेरमा हुने खेलमा सन्दीप प्लेइङ एघारमा परेका हुन् । 

चौथो खेलमा सन्दीपको ठाउमा वेस्टइन्डिजका एन्ड्रु फ्लेचरलाई खेलाइएको भएपनि यस खेलमा रंगपुर राइडर्सविरुद्ध फ्लेचरलाई बाहिर राखेर सन्दीपलाई खेलाइएको कप्तान डेभिड वार्नरले जानकारी दिएका छन् । 

आजको खेलमा रंगपुर राइडर्सले टस जितेर पहिला बलिंग गर्ने भएको छ ।  

अहिलेसम्म खेलेका तीन खेलमा पछिल्ला दुई खेलमा विकेटविहिन बनेका सन्दीप कोमिल्ला भिक्टोरियनविरुद्धको खेलमा प्लेइङ ११ मा पर्न असफल भएका थिए ।

सिलहेटले अहिलेसम्म खेलेका चार खेलमा केवल एक खेलमा मात्र जित हासिल गरेको छ भने पछिल्ला तीन खेलमा लगातार हार बेहोरेको छ । अंक तालिकामा सिलहेट २ अंकसहित लिगको पुछारमा रहेको छ 

बिपिएलमा सन्दिप लामिछाने लगातार दोस्रो खेलमा विकेट विहिन भएका थिए ।  शनिबार सम्पन्न बिपिएलको ढाका डाइनामाइटविरुद्धको खेलमा सिलहेट सिक्सर्सका लागि सन्दीपले ४ ओभर बलिंग गर्दै ३३ रन दिएका थिए । 

सन्दीप प्रतियोगितामा लगातार दोस्रो खेलमा विकेट लिन असफल भएका थिए । सन्दीपले यसअघि चिट्टागोङ्ग भाइकिंग्सबिरुद्ध ४ ओभरमा २१ रन दिएका थिए ।

सन्दीपले विपिएलमा ३ खेलमा २ विकेट मात्र लिएका छन् । बिपिएलको पहिलो खेलमा सन्दीपले कोमिल्ला भिक्टोरियनविरुद्ध ४ ओभरमा १६ रन दिएर २ विकेट लिएका थिए ।

अस्ट्रेलियाको बिग बास लिग खेलेर बंगलादेश आएका सन्दीपले बिग बास लिगका ४ खेलमा ८ विकेट लिएका थिए ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै