• २०८१ बैशाख १५ शनिबार

रंगपुरविरुद्ध सिलहेट विजयी, किफायती बलिङ गर्दै सन्दीपले लिए एक विकेट  

kharibot

काठमाडौँ । बंगलादेश प्रिमियर लिग (बिपिएल) अन्तर्गत सिलहेट सिक्सर्सले रंगपुर राइडर्सलाई २७ रनले पराजित गरेको छ ।

बुधबार भएको खेलमा सिलहेटले दिएको १८८ रनको लक्ष्य पछाएको रंगपुर २० ओभरमा ६ विकेट गुमाउदै १६० रन बनाएपछि खेल २७ रनले गुमाएको हो ।

रंगपुरका लागि रिले रोसवले सर्वाधिक ५८ रन बनाएका थिए भने मोहमद मिथुनले ३५ रन बनाएका थिए । त्यस्तै कप्तान मोशरफे मुर्तजाले अविजित ३३ तथा होवेलले १३ रन बनाएका थिए ।

सिलहेटका तर्फबाट मेहदी हसन र तकसिन अहमदले २-२ विकेट लिएका थिए भने सोहेल तनवीर र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए । 

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सिलहेटले २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनाएको थियो । सिलहेटका लागि लिटन दासले सर्वाधिक ७० रन बनाए भने कप्तान डेभिड वार्नरले अविजित ६१ रन बनाएका थिए । त्यस्तै निकोलस पूरनले २६ तथा सब्बिर रहमानले २० रन बनाएका थिए ।

रंगपुरका लागि सफुल इस्लामले ३ विकेट लिए भने होवेलले एक विकेट लिएका थिए ।

सिलहेट आफ्नो पाँचौ खेलमा यो दोस्रो जित हो । यसअघि खेलेका तीन खेलमा लगातार पराजित भएको सिलहेटले हारको सिलसिलालाई रोक्दै जित हासिल गरेको छ । 
सन्दीपले लिए एक विकेट :

अघिल्लो खेलमा ड्रप् भएका सन्दीप लामिछानेले यस खेलमा किफायती बलिङ गर्दै ४ ओभरमा १८ रन दिएर एक विकेट लिएका हुन् । सन्दीपले यसअघि खेलेका तीन खेलमा दुई विकेट लिएका थिए भने बिपिएलमा उनले ४ खेलमा ३ विकेट लिएका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय