• २०८१ बैशाख १४ शुक्रबार

सिलहेटले रंगपुरलाई दियो १८८ रनको लक्ष्य 

kharibot

काठमाडौँ । बंगलादेश प्रिमियर लिग (बिपिएल) अन्तर्गत सिलहेट सिक्सर्सले रंगपुर राइडर्सलाई १८८ रनको लक्ष्य दिएको छ । 

टस हारेर पहिला ब्याटिंग गरेको सिलहेटले २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनाएको छ । सिलहेटका लागि लिटन दासले सर्वाधिक ७० रन बनाए भने कप्तान डेभिड वार्नरले अविजित ६१ रन बनाएका छन् । त्यस्तै निकोलस पूरनले २६ तथा सब्बिर रहमानले २० रन बनाएका छन् ।

रंगपुरका लागि सफुल इस्लामले ३ विकेट लिए भने होवेलले एक विकेट लिएका थिए ।

सिलहेट आफ्नो पाँचौ खेल खेल्दै छ भने यसअघि खेलेका तीन खेलमा लगातार पराजित भएको थियो । सिलहेटबाट अघिल्लो खेलमा ड्रप भएका नेपाली लेग स्पिनर सन्दीप लामिछाने यस खेलमा खेलिरहेका छन् । 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै