• २०८१ बैशाख २० बिहीबार

सिलहेटले ढाका डाइनामाइटसलाई दियो १५९ रनको लक्ष्य

kharibot

काठमाडौँ । बंगलादेश प्रिमियर लिग (बिपिएल) अन्तर्गत सिलहेट सिक्सर्सले ढाका डाइनामाइटसलाई १५९ रनको लक्ष्य दिएको छ ।

अहिले जारी खेलमा सिलहेटले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाएर १५८ रन बनाएको हो ।

सिलहेटका लागि कप्तान डेभिड वार्नरले सर्वाधिक ६३ रन बनाए । वार्नरले ४३ बलमा ८ चौका र एक छक्का हान्दै ६३ रन बनाएका थिए । त्यस्तै लिटन दासले २७, जाकर अलिले २५, अफिफ हुसैनए १९, सब्बिर रहमानले ११ रन बनाएका थिए ।

ढाकाका लागि एन्ड्रु ब्रिचले ३ विकेट लिए भने शकिब अल हसनले २ विकेट लिए । त्यस्तै आन्द्रे रशेल, सुनिल नारायण र रुबेल होसैनले एक एक विकेट लिएका थिए ।

ढाकाले अब केहीबेरमा जवाफी ब्याटिंग गर्दै छ ।

प्रतियोगितामा ढाका ५ खेलमा ४ मा जित र एक हारसहित ८ अंक बटुलेर शिर्ष स्थानमा छ भने सिलहेटले ५ खेलमा २ जित र ३ हारसहित छैठौ स्थानमा रहेको छ ।

यस खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पनि खेलिरहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै