• २०८१ बैशाख १५ शनिबार

काठमाडौँको गोङ्गबुमा ग्याँस सिलिण्डर पड्किँदा एकको मृत्यु

kharibot

फाइल तस्बीर

काठमाडौँ । काठमाडौँको गोङ्गबुमा ग्याँस सिलिण्डर पड्किँदा आज एक जनाको मृत्यु भएको छ । 

आज दिउँसो करीब १२ : ३० बजेको समयमा श्याम ढुङ्गानाले सञ्चालन गरेको पिस नेपाल ह्याण्डीक्राफ्ट उद्योगमा सिलिण्डर पड्किँदा नुवाकोटको बेलकोट बस्ने ३२ वर्षीय मजदुर काजी तामाङ्को मृत्यु भएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । 

दुर्घटनामा गम्भीर घाइते भएका तामाङ्को उपचारका क्रममा अपरान्ह ३: ३० बजे महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

सो क्रममा उद्योगका मजदुर कैलाश श्रेष्ठ, राजकुमार विसी, रोशन तामाङ र अनिल पोखरेल घाइते भएका छन् । घाइतेको बयोधा अस्पतालमा उपचार भैरहेको छ । 

दुर्घटनाको यकिन कारण भने नखुलेको र अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । सिलिण्डर पड्किएर उद्योगमा आगलागीसमेत भएको छ । आगलागीबाट भएको क्षतिको विवरण आइनसकेको प्रवक्ता बोगटीले बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय