• २०८१ बैशाख २० बिहीबार

प्रधानसेनापति थापाको भ्रमणबारे प्रकाशित समाचारको सेनाद्वारा खण्डन 

kharibot

काठमाडौं । नेपाली सेनाले २ गते भारत भ्रमण पूरा गरी स्वदेश फर्किएका प्रधानसेनापति पूर्णचन्द्र थापाको पोसाकबारे विभिन्न मिडियामा प्रकाशित समाचारको खण्डन गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै सेनाले ध्यानाकर्षण भएको जनाएको छ । 

सेनाले प्रधानसेनापति थापाको पोसाकबारे प्रचारित समाचार पूर्ण झूटो र अनर्गल प्रचारमात्रै गरिएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो । साथै सेनाले टोपीका बारे प्रकाशित समाचारको पनि खण्डन गरेको छ । उसले प्रधानसेनापतिले कार्यालय पोसाकमा विभिन्न तालिम केन्द्रको भ्रमण गरी सोही पोसाकमै स्वदेश फर्किएको जनाएको छ ।

प्रधानसेनापति चुस्ता पोसाकमा फर्किएको र स्वदेश फर्किने बेला टोपी बिर्सिएको भन्ने समाचार प्रकाशनमा आएपछि सेनाले खण्डन गरेको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै