काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले चेल्सीलाई पराजित गरेको छ ।
गएराती भएको खेलमा आर्सनलले चेल्सीलाई २-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा एलेक्जेन्डर लकाजेटे र लौरेन्ट कोससीलनीले एक एक गोल गरेका थिए ।
घरेलु मैदानमा भएको खेलमा आर्सनलले चेल्सीलाई पराजित गरेर लिगमा टप ४ को दौडमा आफुलाई उभ्याएको छ । यद्यपी आर्सनल चेल्सीभन्दा अझै ३ अंकले पछाडी रहेको छ ।
जितपछि आर्सनल २३ खेलमा ४४ अंकसहित पाचौ स्थानमा रहेको छ भने चेल्सीको २३ खेलमा ४७ अंक रहेको छ ।