• २०८१ बैशाख २९ शनिबार

रोमान्चक खेलमा लिभरपुल विजयी, सलाहले गरे २ गोल 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले क्रिस्टल प्यालेसलाई प्रतिष्पर्धात्मक खेलमा पराजित गरेको छ ।

गएराती लिभरपुलको घरेलु मैदानमा भएको खेलमा क्रिष्टल प्यालेसलाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा मोहमद सलाहले २ गोल गरे भने रोबर्ट फिर्मिनो र साडियो मानेले एक एक गोल गरेका थिए । त्यस्तै प्यालेशकालागि एन्ड्रोस टाउनसेन्ड, जेम्स टमकिन्स र म्याक्स मेयरले एक एक गोल गरेका थिए । खेलको ७५औ मिनेटमा प्यालेसका गोल किपरको गल्तिबाट सलाहले गोल गर्दै प्रिमियरलिगमा आफ्नो ५०औ गोल गरेका थिए । खेलको ८९औ मिनेटमा लिभरपुलका जेम्स मिल्नरले दोस्रो पहेलो कार्ड पाएपछि मैदान छोड्दा लिभरपुल १० खेलाडीमा सिमित भएको थियो ।

जितपछि लिभरपुलले दोस्रोस्थानमा रहेको म्यानचेस्टर सिटीसँग ७ अंकको अग्रता हासिल गरेको छ । यद्यपी सिटी एक खेल कम खेलेको छ । लिभरपुलको २३ खेलमा ६० अंक भएको छ । क्रिस्टल प्यालेसको २३ खेलमा २२ अंक छ भने लिगको १४औ स्थानमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय