• २०८१ बैशाख १७ सोमबार

बिपिएल छोडेर सन्दीप काठमाडौँ फर्किदै 

kharibot

काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सोमबार काठमाडौँ फर्किने भएका छन् ।

हाल बंगलादेश प्रिमियर लिग (बिपिएल) खेलिरहेका सन्दीप बिपिएल बिचमै छोडेर राष्ट्रिय टिमको युएई भ्रमणमा सामेल हुन् सोमबार अपराह्न काठमाडौँ आउन लागेको नेपाली राष्ट्रिय टिमका म्यानेजर रमन सिवाकोटीले जानकारी दिएका छन् ।

गत मङ्सिर २३ गते अस्ट्रेलियाको बिग बास लिग खेल्न अस्ट्रेलिया गएका सन्दीप बिचमा बिपिएल खेल्न बंगलादेश आएका थिए । सन्दीपले बिग बास लिगमा कुल ४ खेल खेल्दै ८ विकेट लिएका थिए । सन्दीपको बिग बासमा उत्कृष्ट प्रदर्शन होबर्ट हुरीक्यानविरुद्ध २४ रन दिएर ३ विकेट लिएका थिए । 

त्यस्तै सन्दीपले बिपिएलमा ६ खेलमा कुल ४ विकेट लिए । तुलनात्मक रुपमा बिपिएलमा सन्दीपको प्रदर्शन उत्कृष्ट रहन सकेन यद्यपी उनको बलिंग टी-२० खेलमा किफायती भने रह्यो । सन्दिपले ६ खेलमा ४ विकेट लिए भने ३ खेलमा विकेट विहिन बनेका थिए ।

नेपालले युएईसँग यहि माघ ११ गते (जनवरी २५), माघ १२ (जनवरी २६) माघ १४ (जनवरी २८) मा एकदिवसीय खेल खेल्दै छ भने माघ १७ (जनवरी ३१), माघ १८ (फेब्रुअरी १) र माघ २० (फेब्रुअरी ३) मा टी-२० खेल्दै छ। प्रतियोगिताका सबै खेल दुबइमा हुने भएका छन्।

नेपाली टिम युएईतर्फ मंगलबार फ्लाई दुबईबाट अपराह्न ४:२० मा जादै छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै