• २०८१ बैशाख १५ शनिबार

चेल्सी लिग कपको फाइनलमा, उपाधिका लागि म्यानचेस्टर सिटीसँग खेल्ने 

kharibot

काठमाडौँ । लिग कपको फाइनलमा चेल्सी र म्यानचेस्टर सिटी भिड्ने भएका छन् । गएराती भएको सेमिफाइनलको दोस्रो लिगमा पेनाल्टी सुटआउटमा चेल्सीले टोटनह्यामलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेलमा चेल्सी २-१ ले अगाडी रहेपनि पहिलो लिगमा टोटनह्याम १-० ले अगाडी रहेकाले समग्रमा २-२ को बराबरी भएपछि खेल पेनाल्टीबाट निर्णय गरिएको थियो ।  पेनाल्टी सुटआउटमा चेल्सीले ४-२ ले जित हासिल गरेको थियो ।

यसअघि चेल्सीको दोस्रो लिगको जितमा एन गोलो कान्टे र इडेन हजार्डले एक एक गोल गरेका थिए भने टोटनह्यामका लागि फर्नान्डो लिओरेन्टेले एक गोल फर्काएका थिए ।

यसअघि म्यानचेस्टर सिटीले बर्टनलाई पहिलो लिगमा ९-० गोल अन्तर र दोस्रो लिगमा १-० गरी समग्रमा १०-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको छ ।

अब लिग कप (कराबाओ कप) को फाइनल चेल्सी र सिटीबीच फेब्रुअरी २४ मा हुने छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै