• २०८१ बैशाख २६ बुधबार

इङल्याण्ड ७७ रनमा समेटिएपछि वेस्टइन्डिजविरुद्धको टेस्ट रोमान्चक मोडमा

kharibot

काठमाडौँ । इङल्याण्ड र वेस्टइन्डिजबीचको टेस्ट सिरिजको पहिलो खेल रोमान्चक मोडमा पुगेको छ । यस खेलमा इङल्याण्ड टेस्ट क्रिकेटको इतिहासमा नै चौथो पटक ७७ रनमा समेटिएको छ ।

इङल्याण्ड ७७ रनमा समेटिएपछि वेस्टइन्डिजले पहिलो पारीमा २१२ रनको बढ्त सहित अहिले ब्याटिंग गरिरहेको छ । दोस्रो दिनको खेल सकिदा वेस्टइन्डिजले दोस्रो पारीमा ६ विकेट गुमाउदै १२७ रन बनाएर इङल्याण्डविरुद्ध ३३९ रनको अग्रता लिएको छ । वेस्ट इन्डिजले पहिलो पारीमा २८९ रन बनाएर अलआउट भएको थियो ।

यस टेस्टको दोस्रो दिन कुल १८ विकेट झरेका थिए । वेस्टइन्डिजका लागि कोमार रोचले ५ विकेट लिए भने इङल्याण्डका लागि किटोन जेनिग्सले सर्वाधिक १७ रन बनाए । त्यस्तै साम कुरैनले १४ तथा जान बैरस्ट्राले १२ रन बनाए । पहिलो पारीमा २१२ रनको अग्रता पाएर पनि वेस्टइन्डिजले इङल्याण्डलाई फलोअन नदिएर फेरी ब्याटिंग गरिरहेको छ । दोस्रो दिनको खेल सकिदा वेस्टइन्डिज ६ विकेट गुमाएर १२७ रन बनाएको छ ।

इङल्याण्डका बलर जेम्स एन्डरसनले वेस्टइन्डिजको पहिलो पारीमा ५ विकेट लिदै नयाँ रेकर्ड बनाएका छन् । उनले २७ पारीमा ५ विकेट या सो भन्दा बढी लिदै इङल्याण्डका इयान बोथमको रेकर्ड बराबरी गरेका छन् । एन्डरसन इङल्याण्डबाट सर्वाधिक टेस्ट विकेट लिने खेलाडी हुन् । उनले अहिलेसम्म ५७० विकेट लिएका छन् ।

आगामी मार्च १० सम्म चल्ने यस सिरिजमा वेस्टइन्डिजले तीन टेस्ट ५ एकदिवसीय तथा ३ टी-२० खेल खेल्ने छ ।   
          

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै