• २०८१ बैशाख १५ शनिबार

वेस्टइन्डिजमाथि इङल्याण्डको शानदार जित, खेलमा बने तीन शतक  

kharibot

काठमाडौँ । वेस्टइन्डिजविरुद्धको पहिलो एकदिवसीय खेलमा इङल्याण्डले ३६१ रन चेज गर्दै जित हासिल गरेको छ ।

गएराती भएको खेलमा वेस्टइन्डिजले दिएको ३६१ रनको लक्ष्यलाई इङल्याण्डले ४८.४ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको थियो ।

इङल्याण्डको जितमा जासन रोय र जो रुटले शानदार शतक प्रहर गरेका थिए । रोयले ८५ बलमा १२३ रन बनाए भने रुटले १०२ रनको शानदार इनिंग खेलेका थिए । त्यस्तै कप्तान इओन मोर्गनले पनि ६५ रन बनाएका थिए ।

यस अघि वेस्टइन्डिजले क्रिस गेलको शानदार १३५ रनको इनिंगको मद्धतले ५० ओभरमा ८ विकेट गुमाउदै ३६० रन बनाएको थियो । गेलले आफ्नो पुरानो लय अनुसार ब्याटिंग गर्दै १२९ बल खेलेर १३५ रन बनाएका थिए । गेलको एकदिवसीय क्रिकेटमा यो २४औ शतक हो । विश्वकप पछि एकदिवसीय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका गेल १० हजार रन बनाउन अब १३८ रनले टाढा रहेका छन् ।

वेस्टइन्डिजका साइ होप्सले ६४ रन बनाएका थिए । इङल्याण्डका बेन स्टक र आदील रशिदले ३-३ विकेट लिएका थिए । इङल्याण्डका जासन रोय खेलको प्लेयर अफ द म्याच बनेका छन् ।

५ खेलको सिरिजमा इङल्याण्ड १-० ले अगाडी रहेको छ । अब सिरिजको दोस्रो खेल फेब्रुअरी २५ मा हुने छ ।  
     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै