• २०८१ बैशाख २६ बुधबार

इङल्याण्डविरुद्धको पहिलो टेस्टमा वेस्टइन्डिज विजयी 

kharibot

काठमाडौँ । इङल्याण्ड र वेस्टइन्डिजबीचको टेस्ट सिरिजको पहिलो खेल वेस्टइन्डिजले जितेको छ । ६२८ रनको लक्ष्य पछाएको इङल्याण्ड खेलको चौथो दिन २४६ रनमा अलआउट भएपछि खेल ३८१ रनले हारेको हो ।

इङल्याण्डको दोस्रो पारीमा रोरी बोर्न्सले सर्वाधिक ८४ रन बनाए भने बेन स्टकले ३४, जोनी बैरस्ट्रले ३०, जोस बटलरले २६ तथा कप्तान जो रुटले २२ रन बनाए । वेस्टइन्डिजका बलररोस्टन चेजले ८ दोस्रो पारीमा ८ विकेट लिएर इङल्याण्डविरुद्ध जित हासिल गर्न ठुलो योगदान गरेका थिए ।

खेलको म्यान अफ द म्याच वेस्टइन्डिजका कप्तान जासन होल्डर बनेका छन् ।    

यसअघि खेलको तेस्रो दिन सकिदा वेस्टइन्डिजले आफ्नो दोस्रो पारीमा ६ विकेट गुमाएर ४१५ रन बनाएर पारी घोषणा गरेपछि पहिलो पारीमा २१२ रनको अग्रतासहित इङल्याण्डमाथि ६२७ रनको अग्रता लिएको हो ।

वेस्टइन्डिजले तेस्रो दिन ६ विकेट गुमाएर १२७ रनबाट सुरु गरेको खेलमा तेस्रो दिन कुनै विकेट नगुमाई ४१५ रन बनाएको थियो । वेस्टइन्डिजका लागि कप्तान जासन होल्डरले दोहोरो शतक बनाए । उनले अविजित रहदै २०२ रन बनाए । त्यस्तै शेन डोरिचले शतकीय पारी खेलेका थिए । डोरिचले अविज्ती ११६ रन बनाएका थिए । होल्डर र डोरिचबीच सातौ विकेटका लागि २९५ रनको साझेदारी भएको थियो ।    

त्यस्तै ६२८ रनको लक्ष्य पाएको इङल्याण्डले आफ्नो दोस्रो पारी सुरुवात गर्दै कुनै विकेट नगुमाई ५६ रन बनाएको थियो । 
यसअघि खेलमा इङल्याण्ड टेस्ट क्रिकेटको इतिहासमा नै चौथो पटक ७७ रनमा समेटिएको थियो ।

दोस्रो दिनको खेल सकिदा वेस्टइन्डिजले दोस्रो पारीमा ६ विकेट गुमाउदै १२७ रन बनाएर इङल्याण्डविरुद्ध ३३९ रनको अग्रता लिएको थियो । वेस्ट इन्डिजले पहिलो पारीमा २८९ रन बनाएर अलआउट भएको थियो ।

यस टेस्टको दोस्रो दिन कुल १८ विकेट झरेका थिए । वेस्टइन्डिजका लागि कोमार रोचले ५ विकेट लिए भने इङल्याण्डका लागि किटोन जेनिग्सले सर्वाधिक १७ रन बनाए । त्यस्तै साम कुरैनले १४ तथा जान बैरस्ट्राले १२ रन बनाए । पहिलो पारीमा २१२ रनको अग्रता पाएर पनि वेस्टइन्डिजले इङल्याण्डलाई फलोअन नदिएर फेरी ब्याटिंग गरेको थियो । 

इङल्याण्डका बलर जेम्स एन्डरसनले वेस्टइन्डिजको पहिलो पारीमा ५ विकेट लिदै नयाँ रेकर्ड बनाए । उनले २७ पारीमा ५ विकेट या सो भन्दा बढी लिदै इङल्याण्डका इयान बोथमको रेकर्ड बराबरी गरेका छन् । एन्डरसन इङल्याण्डबाट सर्वाधिक टेस्ट विकेट लिने खेलाडी हुन् । उनले अहिलेसम्म ५७० विकेट लिएका छन् ।

अब दोस्रो टेस्ट फेब्रुअरी ९ देखि सुरु हुने छ । आगामी मार्च १० सम्म चल्ने यस सिरिजमा वेस्टइन्डिजले तीन टेस्ट ५ एकदिवसीय तथा ३ टी-२० खेल खेल्ने छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै