• २०८१ बैशाख २६ बुधबार

इङल्याण्डविरुद्ध वेस्टइन्डिजले गर्यो सिरिज बराबरी, गेलको उत्कृष्ट पुनरागमन 

kharibot

काठमाडौँ । वेस्टइन्डिजले इङल्याण्डविरुद्धको एकदिवसीय सिरिज बराबरी गरेको छ । 

गएराती सम्पन्न सिरिजको पाँचौ तथा अन्तिम एकदिवसीय खेलमा ७ विकेटको जित हासिल गर्दै वेस्टइन्डिजले सिरिज २-२ ले बराबरी गरेको हो ।

इङल्याण्डले दिएको केब्ल्र ११४ रनको लक्ष्य पछाएको वेस्टइन्डिजले १२.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । वेस्टइन्डिजका लागि क्रिस गेलले तुफानी पारी खेल्दै २७ बलमा ७७ रन बनाएका थिए । गेलले आफ्नो पारीमा ९ छक्का र ५ चौका हानेका थिए । गेलले आफ्नो अर्धशतक १९ बलमा पुरा गरेका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको इङल्याण्डले २८.१ ओभरमा अलआउट हुदै ११३ रन बनाएको थियो । इङल्याण्डका लागि एलेक्स हेल्स र जोस बटलरले सर्वाधिक २३-२३ रन बनाएका थिए भने इओन मोर्गनले १८ तथा बेन स्टकले १५ रन बनाएका थिए ।

वेस्टइन्डिजका ओशाने थमसले ५ विकेट लिएका थिए । थोमस खेलको प्लेयर अफ द म्याच समेत भए भने सिरिजमा २ शतक र २ अर्धशतकसहित ४२४ रन बनाएका क्रिस गेल प्लेयर अफ द सिरिज बनेका छन् ।

वेस्टइन्डिजले यस अघि खेलिएको टेस्ट सिरिज २-१ ले जितेको थियो । अब दुवै टिम ३ खेलको टी-२० सिरिज खेल्दै छन् । सिरिजको पहिलो खेल मार्च ६ मा हुदै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै