रुस्लान दशौं सिमरा गोल्डकपको उपाधी थ्री स्टारले उचाल्यो

खरीबोट

बारा । बाराको सिमरामा भएको १० औं सिमरा गोल्ड कपको उपाधी रुस्लान थ्री स्टार क्लबले हात पारेको छ । 

शनिवार भएको फाईनल खेलमा साविक विजेता त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै थ्री स्टार क्लब १०औं सिमरा गोल्ड कपको उपाधी उचालेको हो ।

सिमरा रंगशालामा भएको फाईनल खेलको ९० मिनेट गोलरहित बराबरीमा सकिएको थियो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै तर्फबाट गोल गर्ने धेरै अवसरहरु पाए पनि गोल गर्न नसक्दा खेल टाईबेकरमा गएको थियो । खेललाई ९० मिनेट पछि सिधै टाईबेकरमा लगिएको थियो । पेनाल्टी सुटआउटमा थ्री स्टारले ७-६ गोल अन्तरले आर्मीलाई पराजित गरेको थियो  ।  

खेलको म्यान अफ द म्याच थ्री स्टारका गोल रक्षक एलन न्यौपाने भए । उनले नगद १० हजारसहित ट्रफि हात पारे । 

खेल अवधिको सर्वोत्कृट खेलाडी थ्री स्टारका सुशिल राई घोषित भए । उनले यामाहाको सेलुटो मोटरसाईकल प्राप्त गरे । 

बिजेता टीम थ्री स्टारले ६ लाख रुपैयाँ हात पारेको छ, भने उप बिजेता त्रिभुवन आर्मी क्लबले ३ लाख पाएको छ ।
 

सम्बन्धित समाचार

रुस्लान दशौं सिमरा गोल्डकपको उपाधी थ्री स्टारले उचाल्यो

बारा । बाराको सिमरामा भएको १० औं सिमरा गोल्ड कपको उपाधी रुस्लान थ्री स्टार क्लबले हात पारेको छ ।  शनिवार भएको फाईनल खेलमा साविक विजेता त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित

रुस्लान दशौं सिमरा गोल्डकप : थ्री स्टार र आर्मी फाईनलमा भिड्ने

बारा । थ्री स्टार क्लव बाराको सिमरामा जारी दशौं सिमरा गोल्ड कपको फाईनल प्रवेश गरेको छ ।  जिल्ला स्थित सिमरा रंगशालामा भएको बिहिवारको खेलमा हिमालयन शोर्पा क्लवलाई १–० ले पराजित गर्दै

खवासको गोलमा आर्मी रुस्लान दशौं सिमरा गोल्डकपको फाईनलमा

बारा । साविक विजेता त्रिभुवन आर्मी क्लव बाराको सिमरामा जारी रुस्लान दशौं सिमरा गोल्ड कपको फाईनलमा प्रवेश गरेको छ ।  जिल्ला स्थित सिमरा रंगशालामा बुधवार भएको खेलमा आयोजक नव जनजागृति युवा

रुस्लान दशौं सिमरा गोल्डकप : संकटालाई हराउदै थ्री–स्टार सेमिफाईनलमा

बारा । संकटा क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै रुस्लान थ्री–स्टाल क्लब बाराको सिमरामा जारी रुस्लान दशौं सिमरा गोल्डकपको अन्तिम क्वार्टरफाईनल खेलमा बिजयी भएको छ । थ्री–स्टारले संकटालाई २–० गोल अन्तरले


z