• २०८१ बैशाख १४ शुक्रबार

कृषि जेटिए समाजको अध्यक्षमा बुढाथोकी

kharibot

सिन्धुलीमाढी । सिन्धुलीको जनज्योति माध्यमिक विद्यालय फोस्रेटारमा बाली विज्ञान अध्ययन गरेका पूर्व विद्यार्थीको शनिबार सम्पन्न भेलाले खिलबहादुर बुढाथोकी (दिनेश) को अध्यक्षतामा सात सदस्यीय कृषि जेटिए विद्यार्थी समाज गठन गरेको छ ।

कमलामाई नगरपालिका–५ जनज्योति मावि फोस्रेटारमा शनिबार सम्पन्न भेलाले उपाध्यक्षमा पार्वती पौडेल, सचिवमा अमर कटुवाल, सहसचिवमा दिब्या फुयाल र कोषाध्यक्षमा प्रमिला श्रेष्ठलाई कार्यसमितिमा सर्वसम्मत चयन गरेको छ भने सदस्यहरुमा सुमन राई र शुनिल थापामगर छन् भने अन्य दुई सदस्य कार्यसमितिको पहिलो बैंठकले थप गरिने जनाइएको छ ।

कृषि संकाय लिएर अध्यन गरेर विभिन्न क्षेत्रमा कार्यक्रम बिद्यार्थीलाई परेको समस्या मिलेर समाधान गर्ने उद्देश्यसहित समाज गठन गरिएको हो । रोजगारीको सिर्जना र कृषि क्षेत्रको विकासका लागि प्राविधिक क्षेत्रका सहयोग पुर्याउने समेत समाजको लक्ष्य रहेको छ ।

भेलामा शिद्द्ज्योती शिक्षा क्याम्पसका स्वबियु सभापति दिपेन्द्र फुयाल, विद्यालयका प्रधानाध्यापक भिमबिक्रम थापा, सुवास देवकोटा, टोपबहादुर गुरुङ, राजन कोइराला, स्ववियु सचिव कन्चन पहाडीलगायतको उपस्थिति थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै