• २०८१ बैशाख १७ सोमबार

धर्म परिवर्तनको डढेलोले धार्मिक द्वन्दको खतरा - कमल थापा 

kharibot

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले लोभ, लालच, प्रलोभन दिएर र भ्रम सिर्जना गराएर धर्म परिबर्तन भइ रहेको भन्दै आपत्ति प्रकट गरेका छन् । 

देशब्यापी हिन्दुत्व जनजागरण अभियानको क्रममा आज पार्टीको काठमाडौंको नागार्जुन नगर समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष थापाले धर्म परिबर्तनले  नेपालको पहिचान संकटमा पर्ने, सदियौ देखि कायम रहेको धार्मिक सद्भाव र एकता खल्बलिने  र अन्ततोगत्वा धार्मिक द्वन्द हुनेतर्फ चिन्ता ब्यक्त गरेका छन् । 

हिन्दु धर्मको कुरा गरेको कारण अरु धर्मलाई थिचोमिचो नहुने र आफुहरु कुनै धर्मको बिरोधि नभएको समेत स्पष्ट पारे । थापाले सबै धर्म बिच समानता र स्वतन्त्रताको पक्षमा रहेको बताए । 

हिन्दु राष्ट्र भन्दा अन्य धर्मावलम्बी चिन्तित हुनु नपर्ने भन्दै थापाले हिन्दु राष्ट्र हुदा धर्मको आधारमा शासन गर्ने कानुन बनाउने कुरा नभएको स्पष्ट पार्दै थापाले मुलुकको पहिचान र अस्तित्वको निमित्त यो मुद्दा उठाएको बताए । 

कुनै पनि धर्म शास्त्रले जन्म र जातको आधारमा छुवाछूत र भेदभाव नगरेको भन्दै थापाले कुरुती, अन्धबिश्वास र कमिकमजोरिलाई सुधार्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा राप्रपाका नेताहरु बिक्रम बहादुर थापा, महेश रिमाल, मधुसुदन खनाल,  धार्मिक ब्यक्तित्व दिनेश खनाल र आचार्य सुजन पराजुली, दिनेश अधिकारी लगायतले बोलेका थिए।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै