• २०८१ बैशाख १६ आइतबार

मेसीको दुई गोलमा हारबाट बच्यो बार्सिलोना

kharibot

काठमाडौँ । स्पेनिस ला लिगामा शिर्ष स्थानमा रहेको बार्सिलोना भलेन्सियासँग बराबरीमा रोकिएको छ । गएराती भएको खेलमा २-० गोलले पछाडी रहेको अवस्थामा उत्कृष्ट कमब्याक गर्दै बार्सिलोनाले २-२ को बराबरी गरेको हो ।

बार्सिलोनाको कमब्याकमा लियोनेल मेसीले दुवै गोल गरेका थिए । मेसीले खेलको ३९ मिनेटमा पेनाल्टीबाट र खेलको ६४औ मिनेटमा गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाएका थिए ।

यसअघि खेलको २४औ मिनेटमा भलेन्सियाका लागि गमेरीयोले गोल गर्दै सुरुवाती अग्रता लिएको भलेन्सियाले ३२औ मिनेटमा डानी पजेरोको पेनाल्टी गोलसँगै बार्सिलोनामाथि २-० को अग्रता हासिल गरेको थियो ।

मेसीले यसखेलमा पेनाल्टीबाट गोल गर्दै ला लिगामा आफ्नो ५०औ पेनाल्टी गोल गरेका छन् । उनी ला लिगमा ५० पेनाल्टी गोल गर्ने तेस्रो खेलाडी बनेका छन् । यसअघि क्रिस्टियानो रोनाल्डोले ६१ र हुगो सान्चेजले ५६ पेनाल्टी गोल गरेका छन् ।

यो बराबरीसहित बार्सिलोना २२ खेलमा ५० अंकसहित शिर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको एथलेटिकोको २१ खेलमा ४४ अंक रहेकाले अब आज हुने रियल बेटिसविरुद्धको खेल जितेर बार्सिलोनासँगको अंक दुरी ३ बनाउने अवसर प्राप्त भएको छ ।

यस खेलमा दोस्रो गोल गरेपछि मेसी घाइते भएका छन् । उनी मैदानमा समस्या भएपछि तत्कालको उपचारपछि आफ्नो खेल पुरा गरेपनी मेसीको इन्जुरी समस्यालाई बार्सिलोनाका म्यानेजर इर्नेस्टो भालभेरडेले पुष्टि गरेपनि इन्जुरीको बारेमा भने बताएनन् । उनले मेसीको समस्या सामान्य भयेओ बताउदै केहि दिन पछि हुने कोपा सेमिफाइनलको एल क्लासिकोसम्म मेसी ठिक हेन बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै