• २०८३ जेठ २९ शुक्रबार

डिपिएल विजेताको पुरस्कार ३० लाख, सबै खेल फाप्लामा हुने  

डिपिएल विजेताको पुरस्कार ३० लाख, सबै खेल फाप्लामा हुने  

काठमाडौँ । रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करण विजेताले ३० लाख प्राप्त गर्ने भएको छ ।

प्रतियोगिता तेस्रो संस्करणमा आइपुग्दा विजेताले प्राप्त गर्ने रकममा २० प्रतिशतले वृद्धि गरिएको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी दिए। अघिल्लो संस्करणको विजेताले २५ लाख प्राप्त गरेको थियो । यससँगै डिपिएल-३ सर्वाधिक पुरस्कार राशिको फ्रेन्चाईज टी-२० प्रतियोगिता बनेको छ ।

यस्तै उपविजेताले १२ लाख तथा तेस्रो हुनेले ४ लाख र चौथो स्थान हात पार्नेले २ लाख प्राप्त गर्नेछन् । 

यस्तै मोस्ट भ्यालुएवल खेलाडीले गोल्ड स्टार सुनको जुत्ता प्राप्त गर्नेछ। 

यस्तै हरेक खेलका म्यान अफ दि म्याचलाई १५ हजार तथा छक्का क्याच गर्ने दर्शकलाई १० हजार प्रदान गरीने शाहीले जानकारी दिए।

यसैबीच आयोजकले माघ २६ गतेदेखि फागुन ११ गते सम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी लगभग पूरा भएको जानकारी दिएको छ । 

यसअघि संघीय प्रहरी कार्यालयको खेल मैदानमा सञ्चालन हुँदै आएको प्रतियोगिता यस वर्ष फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुने भएको हो। 

प्रतियोगिताका लागि ५ हजार क्षमताको अस्थायी प्याराफिट समेत निर्माण गरिएको छ। 

प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय स्तरका ५ वटा पिच निर्माण गरिएको छ। प्रतियोगितामा कुल ५ करोड खर्च हुने आयोजकको अनुमान छ। 

दर्शकहरुका लागि लिग चरणमा ५०, प्ले-अफमा ७० र फाइनलमा १०० रुपैयाँ  टिकटदर तोकिएको आयोजकले जानकारी दिएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै