ओठ हसाई रहन्छ यी आँखा रसाई रहन्छ
खै कुन बाटो भएर तिम्रो याद आइरहन्छ !
यो छातीपनि बसपार्क जस्तो भएको छ
आउँछ,जान्छ तिम्रो याद दुखाइ रहन्छ !!
म एक चिता भएको छु,लास भएको छु
आगो बनेर आफ्नोमान्छे जलाई रहन्छ !
म मरेछु भने खाडीमा,सबले बिर्सने छन
आमालाई मात्रै मेरो यादले सताई रहन्छ
अस्ति भर्खर एउटी चेली बलात्कार भईन
यो देशले किन अपराधीलाई बचाइ हरन्छ !
सुनिल जलन
दुनपा-१सिन्धुली