काठमाडौँ । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करण अन्तर्गत पहिलो दिनको दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्स विजयी भएको छ । रुपन्देहीले महेन्द्रनगर युनाइटेडलाई २ रनले पराजित गरेको हो ।
रुपन्देहीले दिएको ११२ रनको लक्ष्य पछाएको महेन्द्रनगर युनाइटेड २० ओभरमा ८ विकेट गुमाउदै १०९ रन बनाएको थियो ।
महेन्द्रनगरका लागि सुब्रमन्यम आनन्दले सर्वाधिक २५ रन बनाए भने रोहित पौडेल २४ रन बनाएर आउट भए । त्यस्तै मोहम्मद नाभीदले १२ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
रुपन्देहीका लागि बिक्रम सोबले ३ विकेट लिए भने पुनिश मेहराले २ विकेट लिए । त्यस्तै ललित भण्डारी, बसन्त रेग्मी र कृष्ण कार्कीले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको रुपन्देहीले २० ओभरमा अल आउट हुदै १११ रन बनाएको थियो ।
रुपन्देहीका लागि सुमित महर्जनले सर्वाधिक २७ रन बनाएका थिए भने बिनोद भण्डारीले १९, बिक्रम सोबले १६, सोनु सुनवारले १५ तथा बबर ह्यातले १४ रन बनाएका थिए ।
महेन्द्रनगर युनाइटेडका बलर सिद्धान्त लोहोनीले ३ विकेट लिएका थिए भने अविनाश बोहोरा र सौरभ ढकालले २-२ विकेट लिएका थिए ।त्यस्तै शरद भेस्वाकरले एक विकेट लिएका थिए ।
खेलको प्लेयर अफ द म्याच रुपन्देहीका बिक्रम सोब बनेका छन् ।
डिपिएल अन्तर्गत मंगलबार पहिलो खेल सिवाईसि अत्तरिया र धनगढी स्टार्सबीच हुने छ भने दोस्रो खेल विराटनगर किंग्स र रुपन्देही च्यालेन्जर्सबीच हुने छ ।