• २०८१ बैशाख १५ शनिबार

नेविसंघ अध्यक्ष महरद्वारा राजीनामा, तदर्थ समिति बनाउने तयारी 

kharibot

काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले अध्यक्ष पदबाट राजिनामा दिएका छन् । 

अध्यक्ष महरले आज काँग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजिनामा बुझाएको काँग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए । सभापति देउवाले अध्यक्ष महरलाई हालसम्म गरेको कामका लागि धन्यवाद दिँदै आजै राजिनामा स्वीकृत गरेका छन् । 

संघको वर्तमान कार्यसमितिको म्याद यही माघ २ गते समाप्त भइसकेको अवस्थामा अध्यक्ष महरले राजिनामा दिएका हुन् । संघको वर्तमान कार्यसमिति २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित भएको थियो । 

त्यसपछि दुई पटक गरी पाँच महिना समयावधि थप भएको थियो ।

यस अघि काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सङ्घको कार्यसमिति सम्बन्धमा समयावधि थप बढाई महाधिवेशन गर्न दिने वा नयाँ तदर्थ समिति बनाउने भन्ने विषयमा छलफल भएको थियो । अध्यक्ष महरको राजिनामा स्वीकृत भएसँगै संघको महाधिवेशन गर्नका लागि काङ्ग्रेसले सङ्घको नयाँ तदर्थ समिति बनाउने तयारी गरेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय