• २०८१ बैशाख १४ शुक्रबार

नेइमार र कभानी बिना युनाइटेडमाथि पिएसजीको शानदार जित 

kharibot

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लिगमा पिएसजीले म्यानचेस्टर युनाइटेडलाई २-० ले पराजित गरेको छ ।

गएराती म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा भएको खेलमा पिएसजीले किलियन एमबाप्पे र प्रेसनेल किम्पेम्बेको एक एक गोलमा युनाइटेडमाथि शानदार जित हासिल गरेको हो ।

पिएसजी आफ्ना दुई स्टार खेलाडी नेइमार र एडिसन कभानी बिना मैदानमा उत्रिएको खेलमा दुवै गोल अर्जेन्टिनी खेलाडी एन्जल डी मारियाले असिस्ट गरेका थिए ।

पहिलो लिगमा २-० ले पछि परेको युनाइटेडलाई च्याम्पियन्स लिगको क्वाटरफाइनलको यात्रामा धक्का लागेको छ । खेलको ८०औ मिनेटमा मिडफिल्डर पाउल पोग्वाले दोहोरो पहेलो कार्ड पाएपछि मैदान छोड्नु परेपछि युनाइटेड १० खेलाडीमा सिमित भएको थियो भने पोग्वाले दोस्रो लिग गुमाउने भएका छन् । जसको फाइदा पिएसजीलाई हुने देखिएको छ ।

युनाइटेडलाई घरेलु मैदानमा पराजित गर्ने पिएसजी पहिलो फ्रेन्च टिम बनेको छ । अब आगामी मार्च ६ मा दुवै टिम पिएसजीको घरेलु मैदानमा दोस्रो लिग खेल्ने छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै