• २०८१ बैशाख १७ सोमबार

अवैध मासुजन्य पदार्थको अनुगमन गर्न कार्यदल गठन

kharibot

काठमाडौँ । काठमाण्डौं, भक्तपुर, ललितपुर तथा काभ्रे जिल्लाका दाना उद्यमीहरु, ह्याचरीउद्यमीहरु, कुखुरा पालक किसानहरु, कोल्डस्टोर व्यवसायीहरु तथा चल्ला दाना वितरकहरुको संयूक्त भेलाले भारतबाट भित्रिएका अवैध मासुजन्य पदार्थको अनुगमन गर्न कार्यदल गठन गरेको छ । 

भेलाले काठमाण्डौं भक्तपुर तथा ललितपुर लगाएतका ठाउहरुमा तारे होटल-पार्टी प्यालेस-रेष्टुरेन्ट तथा कोल्ड रुमहरुमा अवैधरुपमा भारतबाट भित्रिएका तयारी मासु तथा मासुजन्य पदार्थ अनुगमन गर्न नेपाल सरकारको संयोजकत्वमा पोल्ट्री व्यवसायीहरु समेत संलग्न हुने गरि कार्यदल गठन गरेको छ ।

जिउदो ब्रोईलर कुखुरा तथा चल्ला चेकजांच गर्ने नेपाल सरकारबाट सम्बन्धन प्राप्त भेटेरीनरी डाक्टरहरुलाई  नाकाबाट खुलेआम रुपमा आयात भईरहेको कुखुरा तथा चल्लाको नियमीत चेकजांच गरेर मात्र भेटेरीनरी सिफारीस गरिदिन अनुरोध गर्ने र भेटेरीनरी एशोसिएसनलाई सो कार्य गर्न गराउन पत्राचार गर्ने निर्णय गरेको छ ।

भेलाले नेपाल भारतसँग जोडिएका खुल्ला नाकाहरुबाट अवैधानीक रुपमा गैरकानुनी तरिकाबाट ब्रोईलर कुखुरा, अण्डा चल्ला र तयारीमासु आयात गर्दै आईरहेका सप्लायर्सहरुको पहिचान गरी विभिन्न माध्यमहरुबाट सुचना र सम्पर्क गरी उक्त गैरकानुनी कार्य नगर्न सचेत समेत गराएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै