• २०८१ बैशाख १७ सोमबार

भारतीय कुखुराको अवैध आयात रोक्न झापाका पोल्ट्री व्यवसायीको माग

kharibot

दमक । झापाका पोल्ट्री व्यवसायीहरुले भारतीय कुखुराको अवैधरूपमा आयात रोक्न सरकारसँग माग गरेका छन् ।

आर्थिक मन्दी र भारतीय कुखुराको अवैधरूपमा भएको आयातले आफूहरुको व्यवसाय खस्केकाले सीमाबाट हुँदै आएकोे यस्तो आयात रोक्न उनीहरुले माग गरेका हुन् ।

भारतबाट सस्तो मूल्यमा आयात हुने जिउँदो कुखुरा र मासुको आयातले यहाँका पोल्ट्री व्यवसाय सङ्कटमा परेकाले त्यसलाई कडाइका साथ नियन्त्रण गर्नुपर्नेमा  कुखुरा व्यवसायी सङ्घका जिल्लाअध्यक्ष विवेक निरौलाले जोड दिए । आफूहरुको मागका सम्बन्धमा प्रदेश–१ मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग भेट गरी ज्ञापन पत्रसमेत बुझाइएको उनले बताए   ।

कोरोनाको महामारी र त्यसपछिको आर्थिक मन्दीका कारण व्यापार पनि सिथिल भएको पोल्ट्री व्यवसायीको भनाइ थियो ।

भारतबाट आउने अण्डा, कुखुरा र मासुको आयात रोक्न सके पनि  यहाँका व्यवसायीलाई राहत मिल्ने भएकाले मुख्यमन्त्री कार्कीको ध्यानाकर्षण गराइएको अध्यक्ष निरौलाको भनाइ थियो ।

उनका अनुसार जिल्लामा दैनिक करिब ४० हजार केजीसम्म कुखुरा खपत हुँदै आएको छ । आर्थिक मन्दीका कारण ४० प्रतिशत माग घटनाका साथै मूल्यसमेत घटेकोे र तीन वर्ष अघिसम्म जिल्लामा करिब आठ हजार किसान पोल्ट्री व्यवसायमा आवद्ध भए पनि अहिले यो सङ्ख्या चार हजारको हाराहारीमा भएको अध्यक्ष निरौलाको भनाइ थियो । 

कुखुराको मासु र अण्डामा झापा आत्मनिर्भर भए पनि अवैधरुपमा आयात हुने अस्वस्थ्यकर मासु तथा अण्डालगायत उपभोग्य बस्तु नियन्त्रण नहुँदा आफूहरुले समस्या भोग्नु परेको दमक १० का पोल्ट्री व्यवसायी नवराज न्यौपानेले बताए । दमक, विर्तामोड, भद्रपुर र कन्काई नगरपालिकामा ठूलो परिणममा पोल्ट्री व्यवसाय सञ्चालित छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय