• २०८१ बैशाख १७ सोमबार

इरानसँगको आणविक सन्धिबाट फिर्ता हुन अमेरिकी उपराष्ट्रपतिको आग्रह

kharibot

वारस । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले लामो समयदेखि अमेरिकाको सहयोगीका रूपमा रहँदै आएका यूरोपेली संघ आवद्ध मुलुकहरूलाई इरानसँग सन् २०१५ मा भएको आणविक सम्झौताबाट फिर्ता हुन आग्रह गरेका छन् । 

इजरायल तथा केही अरब नेताहरूको सम्लग्नता रहेको एक सम्मेलनलाई पोल्याण्डमा सम्बोधन गर्दै उनले अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगाउन चाहेको र अमेरिकाले उत्तर एटलान्टिक सन्धि संगठनमा अमेरिकाको पक्षमा रहेका सबै यूरोपेली मुलुकहरूले इरानमाथिको प्रतिबन्धलाई समर्थन गर्दै आणविक सम्झौताबारे करिब तीन बर्ष पहिले अमेरिकी नेतृत्वमा भएको सम्झौताबाट फिर्ता हुन मध्यपूर्व तथा यूरोप क्षेत्रका सहयोगीलाई आग्रह गरेका हुन् । 

यूरोपेली शक्ति राष्ट्रहरू फ्रान्स, जर्मनी र बेलायतले इरानमा रहेका आफ्ना कम्पनीलाई काम गर्न दिन अमेरिकालाई गरेको आग्रहप्रति लक्षित गर्दै पेन्सको पछिल्लो भनाइ आएको हो । 

इरानलाई मजबुत पार्नेगरी आएको फ्रान्स, जर्मनी र बेलायतजस्ता मुलुकको मागले मध्यपूर्व तथा यूरोप क्षेत्रको सुरक्षामा खतरा रहेको दावी गर्दै इरानलाई कमजोर पार्न उसमाथि थप नाकावन्दीको आवश्यकता रहेको उनको भनाइ थियो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै