• २०८१ बैशाख २७ बिहीबार

डिपिएलमा बर्षाको प्रभाव, आजको पहिलो खेल रद्ध

kharibot

कैलाली । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत आज हुने भनिएको विराटनगर किंग्स र काठमाण्डौ गोल्डेन्सबीचको खेल बर्षाका कारण रद्ध भएको छ । विहिबारदेखि परेको बर्षकाका मैदान हिलो भएपछि खेल हुन् नसकेको हो ।

खेल रद्ध भएपछि दुवै टिमले एक एक अंक बाडेका छन् । यसअघि विहिबार पनि खेलको बीच मै वर्षा भएपछि विराटनगर किंग्स र महेन्द्रनगर युनाइटेडले एक एक अंक बाडेका थिए ।
त्यस्तै वर्षाका कारण आज धनगढी स्टार्स र महेन्द्रनगर युनाइटेडबीचको खेल पनि प्रभावित हुने देखिएको छ ।

बिहीबार रातिदेखि परेको वर्षाका कारण मैदानमा पानी जमेको छ । शुक्रबार राति पुनः पानी परेपछि मैदान खेल्नै नमिल्ने भएको छ । शुक्रबार रेस्ट डे भएकाले कुनै खेल भएको थिएन ।  

आजको दोस्रो खेल भने अम्पायरले खेल रद्द भएको  घोषणा गरिसकेका भने छैनन् । आज बिहान ४ बजेसम्म कैलालीमा पानी परेको थियो । मैदानको आउटफिल्डमा पुरै पानी जमेको छ ।

मौसम विभागले आज बिहानसम्म पनि पानी पर्नसक्ने जनाएको छ । मैदानको पानी सुखाएर दोस्रो खेल सुचारु गर्ने प्रयास भने जारी रहेको छ । 

अहिलेसम्म काठमाडौँ गोल्डेन्स ३ खेलमा २ मा जित र एक खेल नभई अंक बाडेकाले ५ अंकसहित शिर्ष स्थानमा छ भने अत्तरिय, रुपन्देही र विराटनगर ४-४ अंकसहित क्रमश दोस्रो तेस्रो र चौथो स्थानमा छन् । त्यस्तै महेन्द्रनगर युनाइटेड ३ खेलमा केवल एक अंक सहित पाचौ र धनगढी स्टार्स ३ खेलमा शुन्य अंकसहित पुछारमा रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै