• २०८१ बैशाख १७ सोमबार

कसको दबाबमा पशुपति शर्माले हटाए आफ्नो गीत ? 

kharibot

काठमाडौँ । लोकगायक पशुपति शर्माले गाएको नयाँ गीत इन्टरनेटबाट आफैले हटाएका छन् ।

शुक्रबार शर्माले रिलिज गरेको गीत ‘लुट्न सके लुट’ बोलको सो गीतमा देशमा बढेको भ्रष्ट्राचारको बारेमा तिखो प्रहार गरिएको थियो । गीत रिलिज हुनासाथ गीतमा प्रयोग भएका शब्दका बारेमा विवाद सिर्जना हुन लागेको भन्दै उनले सो गीत परिमार्जन सहित फेरी ल्याउने भन्दै गीत हटाएको जानकारी दिएका छन् ।

उनले आफ्नो सामाजिक संजालमा एक पोष्ट गर्दै आफुले कुनै राजनीतिक पूर्वाग्रहबाट सो गीत नबनाएको स्पष्ट पार्दै देशमा सुशासन हुनुपर्छ र विसंगतिको अन्त्य हुनुपर्छ भन्ने कुरामा आफु सचेत भएर नै गीत बनाएको बताएका छन् । यो गीत कुनै पूर्वाग्रह राखेर नबनाएको बताउदै उनले आफ्नो कुनै राजनीतिक दलसँग समेत कुनै पूर्वाग्रह नरहेको बताएका छन् ।

उनले आफ्नो नियत कसैको चित्त दुखाउने भन्दा पनि विसंगति माथि प्रहार गर्नु रहेको र विसंगति उजागर गर्नु रहेको बताउदै आफुले सो गीत परिमार्जन सहित फेरी ल्याउने बताएका छन् ।

उनले भनेका छन्, ‘म पनि यही देशको एक सचेत नागरीक साथै कलाकार भएको नाताले देशमा बिद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवार हरुको अकर्मण्यता बिरुद्द आवाज उठाउन पाउने मेरो नैसर्गीक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा पनि दोहोर्याउन चाहन्छु ।’
  
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै