• २०८१ बैशाख १७ सोमबार

आइपिएलको खेल तालिका सार्वजनिक, सन्दीपको टिम दिल्लीले पहिलो खेल मुम्बईसँग खेल्ने 

kharibot

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) को १२औ संस्करणको पहिलो दुई साताको खेल तालिका सार्वजनिक भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले भारतमा यस बर्ष हुने आम निर्वाचनका कारण पहिलो दुई साताको खेल तालिका मात्र सार्वजनिक गरेको जनाएको छ ।

बोर्डले मार्च २३ देखि अप्रिल ५ सम्मको खेल तालिका सार्वजनिक गरेको छ । सार्वजनिक खेल तालिका अनुसार आइपिएलको यस संस्करणको पहिलो खेल चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच मार्च २३ मा चेन्नईमा हुने भएको छ । 

त्यस्तै नेपाली लेग स्पिनर सन्दीप लामिछाने खेल्ने टीम दिल्ली क्यापिटलको पहिलो खेल भने मुम्बई इण्डियन्सविरुद्ध मार्च २४ मा हुने भएको छ ।

भारतमा आम निर्वाचनको मिति अझै नतोकिएका कारण आइपिएल खेल प्रभावित भएको छ । आम निर्वाचनको मिति सार्वजनिक भएपछि अन्य खेलको तालिका सार्वजनिक हुने बोर्डले जनाकारी दिएको छ । अहिले खेलको तयारी र स्थानीय तहमा व्यवस्थापन गर्न दुई साताको तालिका प्रकासन गरेको बोर्डले जानकारी दिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै