• २०८१ बैशाख १४ शुक्रबार

च्याम्पियन्स लिग : बार्सिलोना लियोनसँग गोलरहित बराबरीमा रोकियो  

kharibot

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत प्रि-क्वाटरफाइनलको पहिलो लिगमा बार्सिलोना फ्रेन्च क्लब लियोनसँग बिना कुनै गोल बराबरीमा रोकिएको छ ।

लियोनको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई लियोनले बिना कुनै गोल रोक्न सफल भएको हो ।

यस खेलमा बार्सिलोना आफ्नो परम्परागत लयमा देखिएन । बार्सिलोनाले गोल गर्ने मौका सिर्जना गर्न सकेन भने लियोनेल मेसी एक्लैले यस खेलमा गोलका ९ प्रयास गरेपनि गोल गर्न असफल भएका थिए ।

त्यस्तै बार्सिलोनाका अर्का स्ट्राइकर लुइस स्वरेजले भने सन् २०१५ देखि अहिले च्याम्पियन्स लिगका अवे खेलमा गोल गर्न असफल भएका छन् । लियोनले सिर्जना गरेका गोलका दुई अवसरलाई बार्सिलोनाका गोल किपरले बचाएका थिए ।

बार्सिलोनाले भने अब अर्को खेल आगामी शनिबार ला लिगा अन्तर्गत सेभिल्लासँग खेल्ने छ भने त्यसको ४ दिन पछि कोपा डेल रेको सेमिफाइनलमा रियल म्याड्रिडविरुद्द खेल्ने छ ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै