• २०८१ बैशाख ७ शुक्रबार

रोहित पुनः इण्डोनेसियाको क्लब पर्सिजाबाटै खेल्ने

kharibot

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द इण्डोनेसियाको क्लब पर्सिजा जाकार्तामा अनुबन्धन हुने भएका छन् । गत सिजन पर्सिजाबाटै खेलेका रोहित पुनःएक सिजन सोही क्लबबाट खेल्ने टुङ्गो लागेको हो । 

रोहितलाई नयाँ सिजन पर्सिजाले क्लबमा अनुबन्धन गर्ने रोहितले जनाएका छन् । रोहित गत सिजन इण्डोनेशियन लिगमा वर्ष खेलाडी घोषित भएका थिए । उनको उच्च प्रदर्शनबाट प्रभावित क्लबले नयाँ सिजन पनि उनलाई क्लबमा अनुबन्धन गर्न लागेको जनाएको छ । 

इण्डोनेशियाको लिगमा उच्च प्रदर्शन गरेपछि रोहितले थाइल्याण्ड र अष्ट्रेलिया लगायतका देशमा समेत ट्रायलका लागि प्रयास गरिरहेका थिए । तर पर्सिजाले गत वर्षकोभन्दा बढी तलब सुविधा उपलब्ध गराएपछि उनी सोही क्लबमा रहने बस्न सहमत भएका हुन् । “आकर्षण तलब सुविधानसहित पुनःपुरानै क्लबबाट व्यावसायिक लिग खेल्ने निर्णय लिएको छु”, रोहितले भनेका छन् । 

क्लबसँग औपचारिक सम्झौतसहित एएफसी कपमा नाम दर्ता गर्न रोहित आजै बेलुका इण्डोनेशिया जाँदैछन् । उनी करीब दुई महीनादेखि नेपालमा थिए । पछिल्लो समय क्लब र रोहितबीच सेवा सुविधाको विषयमा कुरा नमिल्दा सम्झौता हुन सकेको थिएन । 

लिग च्याम्पियनका रुपमा रोहितले पर्सिजाबाट एएफसी कप खेल्देछन् । एएफसी कप खेल्नका लागि नाम दर्ता गर्ने अन्तिम समय बिहीबार सकिँदैछ । सोही कारण रोहित आजै बेलुका इण्डोनेशिया जान लागेका हुन् । रोहितले खेल्ने इण्डोनेशियाको लिग भने आगामी अप्रिलबाट मात्र शुरु हुनेछ ।  

रोहित गत सिजनमा पर्सिजालाई उपाधि दिलाउदै इन्डोनेसिया फुटबल लिगको बेस्ट प्लेयर बनेका थिए ।  रोहित सार्क क्षेत्रबाट बाहिरी देशमा उपाधि जित्ने पहिलो खेलाडी फुटबल खेलाडी बनेका थिए ।

रोहित सन् २०१३ देखि निरन्तर पर्सिजा टिमबाट खेलिरहेका छन् । उनले गत सिजन २१ खेल खेल्दा तीन गोल गरेका थिए । पर्सिजाबाट रोहितले २०१७ देखि अहिलेसम्म अहिलेसम्म ५९ खेल खेल्दै कुल ६ गोल पनि गरेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै