• २०८१ बैशाख २७ बिहीबार

महिला क्रिकेट क्वालिफायर : थाइल्याण्डद्वारा नेपाललाई १२५ रनको चुनौती

kharibot

काठमाडौँ । महिला टी-२० विश्वकप क्वालिफायर अन्तर्गतको एशिया क्वालिफायर छनोट खेलमा नेपाल अहिले आयोजक थाइल्याण्डसँग खेलिरहेको छ । थाइल्याण्डले टस जितेर पहिला ब्याटिंग गर्दै नेपाललाई १२५ रनको लक्ष्य दिएको छ ।

थाइल्याण्डले २० ओभरमा ७ विकेट गुमाउदै १२४ रन बनाएको छ । थाइल्याण्डका लागि चनिदा सुत्त्थीरुवांगले सर्वाधिक ३५ रन बनाएकी थिइन् भने नरुवेमोल चाइवाईले ३२ रन बनाएकी छन् । त्यस्तै नताया बूचाथामले १२ तथा वोंगपाका लियेंग प्रसार्टले अविजित २८ रन बनाएकी छन् ।

नेपालका लागि रुबिना क्षेत्री, नेरी थापा र कविता कुवरले २-२ विकेट लिएका छन् भने करुणा भण्डारीले एक-एक विकेट लिएकी छन् ।

नेपालले पहिलो खेलमा मलेसियालाई ३४ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

प्रतियोगितामा एशियाका सात राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । आयोजक थाइल्याण्डसँगै नेपाल, युएई, मलेशिया, चीन, हङकङ र कुवेतले राउण्ड रोबिन लिगमा खेल्नेछन् । प्रत्येक टिमले ६-६ खेल खेल्नेछन् । 

प्रतियोगिता एशियाली राष्ट्रका लागि सन् २०२० मा हुने टी–२० विश्वकप र २०२१ मा हुने ५० ओभरको विश्वकपका लागि शुरुआती खुड्किलो हो । 

क्वालिफायरमा एकआपसमा खेलिसकेपछि अङ्कतालिकामा शीर्ष स्थानमा रहने टिम टी-२० महिला विश्वकप र एकदिवसीय विश्वकपका लागि ग्लोबल क्वालिफायरमा छानिनेछ ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै